चितवन, वैशाख ११-
भरतपुर महानगरमा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल मेयरको बागी उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालयमा उनले आज उम्मेदवारीको घोषणा गरेका हुन् ।भरतपुर महानगरपालिका–७ का पौडेल पूर्वसांसद तथा भरतपुरको पूर्व उपमेयर समेत हुन् । भरतपुरको मेयरमा सत्ता गठबन्धनले माओवादीकी रेनु दाहाललाई उम्मेदवार बनाउने भएसँगै चितवन कांग्रेसमा असन्तुष्टि चुलिएको थियो । बालकुमारी क्याम्पस सञ्चालक समितिको अध्यक्षसमेत रहेका पौडेल चितवन कांग्रेसका लोकप्रिय नेता मानिन्छन् ।उम्मेदवारी घोषणा कार्यक्रममा कांग्रेसका जिल्ला नेताहरु मिना खरेल र शम्भु अर्याललगायतको सहभागिता रहेको थियो ।