भरतपुर महानगरपालिकाकी मेयर दाहालद्वारा पदबाट राजीनामा

April 22, 2022 5:07 pm

चितवन। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनाको घोषणा गरेकी छन्। भरतपुरको मेयरमा पुनः उठ्न दाहालले पदबाट राजीनमा घोषण गरेकी हुन्। उनले आज (शुक्रबार) पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्। जनताको चाहना अनुसार फेरि मेयरका लागि चुनावी मैदानमा जान आफूले पदबाट राजीनामा दिन लागेको दाहालले बताइन्।