गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति

April 19, 2022 7:54 pm

काठमाडौं। सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ। स्रोतका अनुसार मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति गरेको भएको छ।

जसअनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ। त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ।

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले बताए। मंगलबार साँझसम्म सहमतिको खाका तयार हुने उनले बताए।