आईओसीले पेट्रोलको भाउ घटाएर नयाँ मूल्यसूची पठायो

April 18, 2022 7:07 pm

काठमाडौँ : भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

तर डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जनाएको छ । आयल निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा ३८ पैसा बढेको हो । यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।