जनकपुरधाम। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने बताएका छन्। आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने बताएका हुन्। नयाँ सम्झौता अन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाको रुपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाइ छ। अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने उनले दाबी गरे। त्यस्तै लिङ्देनले राप्रपाले मौका पाउने वित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्र समेत घोषणा गर्ने उनले बताए।