चितवन ०२ बैशाख । चितवनको रत्ननगरमा माओवादी केन्द्रका वडाकमिटी इन्चार्ज श्याम बहादुर देवकोटा एमालेमा प्रवेश गरेका छन् । रत्ननगर नगरपालिका वडा नं ५ का इन्चार्ज तथा क्षेत्रीय कमिटी सदस्य र नगरकमिटी सचिवालय सदस्य देवकोटा एमालेमा प्रवेश गरेका हुन ।
भरतपुरमा आयोजित एमालेको जिल्ला कमिटी बैठकमा पूर्व अर्थमन्त्री तथा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले उनलाई टीका र माला लगाएर पार्टी प्रवेश गराएको नगर कमिटी सहसचिव सागर मिश्रले जानकारी दिए ।
देवकोटा माओवादी केन्द्र रत्ननगरको केही दिन अघि सम्पन्न नगर अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सहसचिवमा पराजित भएका थिए ।