भरतपुर महानगरमा मुख्य निर्वाचन अधिकृत फेरिए

April 12, 2022 4:32 pm

चितवनको भरतपुर महानगरपालिकाका लागि तोकिएका मुख्य निर्वाचन अधिकृत फेरिएका छन्। निर्वाचन आयोगको सूचनाअनुसार उक्त जिम्मेवारीबाट जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाइएको छ।

जिल्ला न्यायाधीश कुमार अधिकारलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। आयोगले सोमबार एक सूचना जारी गर्दै भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत रावलको ठाउँमा कुमार अधिकारीलाई तोकिएको छ।

आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ।