भोली सार्वजनिक बिदा

April 9, 2022 3:07 pm

काठमाडौं। रामनवमीको अवसरमा सरकारले भोली आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।मन्त्रिपरिषद्को २४ चैतको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको गहृ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी सूचनामा २७ चैतमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा बिदा दिइएको जनाएको छ। शनिबार देशभर चैते दशैं मनाइएको छ। सरकारले त्यसको भोलिपल्ट रामनवमीमा पनि बिदा दिएको हो।