रत्ननगरको जयमंगलामा गुडिरहेको कारमा आगलागी

April 1, 2022 3:07 pm

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलामा गुडिरहेको एउटा निजी कारमा शुक्रवार आगलागी भएको छ । स्थानीय गोपाल भण्डारीको बा १४ च ७८९३ नम्बरको निजी कारमा आगलागी भएको हो ।

बकुलहरबाट तरकारी किनेर जयमंगलातर्फ जाँदै गर्दा कारमा एक्कासी आगलागी भएको भण्डारीले जानकारी दिए । कार भण्डारी आफैले चलाएका थिए ।

‘कारको ढोका नखुलेको भए म बाच्थिन होला’, उनले भने, ‘भाग्यले बाच्न सफल भए ।’ आगलानीबाट कार पूर्णरुपमा क्षति पुुगेको छ ।