रत्ननगर, चैत १७ । रत्ननगरमा संचालीत अधिकांश मोबाइल पसल आज बन्द गरिएको छ । रत्ननगर टाँडीका मोबाइल ब्यवसायी निरन्जन श्रेष्ठ र वहाँको धर्मपत्नी नयनतारा श्रेष्ठको निधनको शोकमा आज रत्ननगरको अधिकांश मोबाइल पसल बन्द गरिएको हो । रत्ननगरको टाँडीमा दुई दशक भन्दा बढी समयदेखी लबकुश मोबाइल संचालन गरेका श्रेष्ठ दम्पतीको हिजो बुधबार रत्ननगरको भानुचोकमा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो । ब्यवसायीहरुले श्रेष्ठ दम्पतीको निधनले स्तब्ध भएको भन्दै व्यवसाय आज एक दिनका लागि बन्द गरेको बताए ।