श्रेष्ठ दम्पतीको निधनको शोकमा रत्ननगर कांग्रेसको सम्पूर्ण कार्यक्रम स्थगित

March 31, 2022 8:01 am

रत्ननगर, चैत १७ ।
नेपाली कांग्रेस रत्ननगरको आजको घरदैलो कार्यक्रम स्थगित गरिएको छ । पार्टी नगर कमिटी सदस्य नयनतार श्रेष्ठ र वहाँको श्रीमान निरन्जन श्रेष्ठको निधनको शोकमा कांग्रेसको आज हुने भनिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो । नगर सभापति प्रलाद सापकोटाले श्रेष्ठ दम्पतीको निधनले स्तब्ध भएको तथा पार्टिलाई अपुरणिय क्षति भएको भन्दै पार्टीको आजको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए । हिजो बुधबार रत्ननगरको भानुचोकमा भएको सवारी दुर्घटनामा परी श्रेष्ठ दम्पतिको उपचारको क्रममा निधन भएको थियो ।