भारत भ्रमणको तयारीमा प्रधानमन्त्री देउवा

March 28, 2022 2:32 pm

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन्। उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवाले यही चैत १८ (शुक्रवार) भारत भ्रमणमा जान लागेका हुन्। भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने जनाएको छ।

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेको विज्ञप्तिमा उल्लेख छ। उनले चैत १९ मा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय औपचारिक वार्ता गर्ने छन् भने उनले भारतमा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम छ।

मोदीसँग वार्ता गर्नुअघि प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। पछिल्लोपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो।