रत्ननगरका माओवादी नेता खड्का एमालेमा प्रवेश

March 27, 2022 5:17 pm

चितवन । रत्ननगर नगरपालिका अन्तर्गत रहेको मेलमिलाप केन्द्रका उपाध्यक्ष तथा माओवादी केन्द्रका नेता हरिबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् ।

घरदैलो अभियान अन्तर्गत रत्ननगर १३ मा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चिार्ज कपिलदेब पोखरेल र नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले खड्कालाई पार्टीमा स्वागत गरेका हुन । २०३४ साल देखि श्रमिक संगठन मार्फत राजनीति यात्रा सुरु गरेका खड्का जनमोर्चा र माओवादी केन्द्र हुँदै आइतवार एमालेमा प्रवेश गरेका हुन । खड्का रत्ननगर मेलमिलाप केन्द्रका उपाध्यक्ष समेत हुन ।

स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी सो पार्टीले सुरु गरेको घरघरमा एमाले टोल टोलमा एमाले अभियान अन्तर्गत रत्ननगरका अधिकाँस वडाबाट अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको संख्या बढेको छ ।