चितवन कांग्रेसले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

March 24, 2022 10:01 am

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन स्थानीय निर्वाचनमा मिलेर जाने बताएका छन्।
बिहीबार बिहान चिनवनमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

स्थानीय चुनावमा गठबन्धन हुँदैन भनेर नेपाली कांग्रेसले नभनेको तर, कांग्रेसका केही मान्छेले गठबन्धन हुन्न भनेको उनले बताए।

प्रचण्डले भने, ‘गठबन्धन त भइरहेकै छ नि। अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ।’

चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन।’
प्रचण्ड आज निर्वाचन क्षेत्र माडीका विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुनेछन्।