फागुन ३, चितवन
नेकपा एकिकृत समाजवादी चितवन जिल्ला सचिवालय सदस्य दुर्गा अर्यालले आफु पार्टीको जिम्मेवारी नरहेको घोषणा गरेका छन् । अर्यालले सामाजिक संजालमा पोष्ट गर्दै आफु जिल्ला सचिवालय सदस्य र चितवन क्षेत्र नम्वर १ प्रदेश ख का संयोजक पदमा नरहेको बताएका हुन् । पार्टीको साधारण सदस्य समेत नरहने उल्लेख गरेका छैनन् । तर अवका दिन स्वतन्त्र भएर वस्ने सामाजिक संजालमा लेखेका छन् । अर्याल चितवन खैरहनीका नेता हुन् । पार्टी विभाजन अघि उनले दुई कार्यकाल एमाले जिल्ला कमिटि सदस्यको जिम्मेवारी वहन गरिसकेका छन् । अर्याल निकटका अनुसार उनी समाजवादी पार्टीमा खुसी छैनन् । मुल घर एमालेमै फर्कने संभावना रहेको उनले संकेत गरेपनि तत्काल कुनै निर्णय नगर्ने अर्यालले बताए ।