उवासंघ चितवन अधिवेशन: महादिप श्रेष्ठद्वारा उम्मेदवारी घोषणा

March 14, 2022 8:16 am

उद्योग वाणिज्य संघ चितवनको वाणिज्यतर्फको सदस्यका लागि युवा व्यवसायी महादिप श्रेष्ठले उम्मेदवारी दिएका छन् । मतदान आज सोमबार उद्योग वाणिज्य संघ नारायणगढमा हुँदैछ । आर्थिक रुपान्तरणका लागी भन्दै उनले अवसर को माग गर्दै उमेदवारी दिएका हुन् । युवालाई विश्वास गरेर जिम्मेवारी दिए आफुले परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले आफु पदको लागी नभई कामको लागी उमेदवारी दिएको बताए ।

वाणिज्यतर्फ ६ जनाका लागि १० जना चुनावी मैदानमा छन् । उनी उद्योग वाणिज्य संघ चितवनको यस पटकको अधिवेशनमा सबैभन्दा कान्छो उम्मेदवारका रुपमा देखा परेका छन् । ३१ वर्षका श्रेष्ठ १८ वर्षको उमेरदेखि व्यवसायमा लागेका हुन् । माडी–१ बरुवाका स्थायी घर भएका श्रेष्ठ अहिले भरतपुरलाई कार्यक्षेत्र बनाएर व्यवसायीयक क्षेत्रमा सक्रिय छन् ।
कोकाकोलाको १३ वर्षदेखि अधिकृत बिक्रेता, मारुती सुजुकीको क्षेत्रीय बिक्रेता, अप्टिकल फाइबर सम्बन्धि कारोबारबाट स्थापित बनेका हुन् महादीप । ट्याक्टर डच फायरको बागमती प्रदेश र गण्डकीका लागि आयतकर्ता समेत रहेका महादीप सफल युवा व्यवसायीको रुपमा चिन्छिन् ।

लियो क्लब अफ नारायणगढ दियालोका पूर्वअध्यक्ष, रोट्र्‍याक्ट क्लब अफ नारायणी मिड टाउनका पूर्वअध्यक्ष, लियो जिल्ला परिषद ३२५ बीटुका पूर्व एरिया कोर्अडिनेटर, जेसीज माडीका संस्थापक सदस्य समेत रहेका उनी नारायणी कला मन्दिरका सदस्य पनि हुन् । सानैदेखि विभिन्न संघसंस्थामा आबद्ध रहेका उनी सामाजिक सेवामा समेत सक्रिय छन् ।