संखुवासभामा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो

March 10, 2022 12:04 pm

संखुवासभा। संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो। पाँच जना घाइते भएका छन्।

दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटनामा परेको थियो।