रत्ननगर महोत्सवमा भोलिबाट खुल्ला भलिबल प्रतियोगिता हुने

March 3, 2022 4:02 pm

रत्ननगर १९ फागुन ।
रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गत खुल्ला भलिबल प्रतियोगिता हुँदैछ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गतेबाट महोत्सव परिसरमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ ।

प्रतियोगिता अन्तर्गत हुने खेलमा राष्ट्रिय स्तरका चर्चित खेलाडीहरु समेत सहभागी हुने आयोजकले जनाएको छ । महोत्सव मार्फत खेलकुदको विकास गर्ने उद्देश्यले भलिवल प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख १००,दोस्रो हुने टिमलाई ५५ हजार,तेस्रो हुने टिमलाई २० हजार र सान्त्वना हुने टिमलाई १० हजार पुरस्कार राशी रहेको खेलकुद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।