काठमाडौं। नायक पल शाहको आज बुधबार तनहुँ जिल्ला अदालतले बयान लिएको छ। नाबालिका बलात्कार आरोपपछि गत आइतबार आत्मसर्मपण गर्न तनहुँ प्रहरीमा पुगेका अभिनेता शाहको बयान बुधबारबाट अदालतमा सुरु भएको हो।
एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हाल उनी तनहुँ प्रहरीको हिरासतमा छन्। प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ।