रत्ननगर, फागुन १७
आज फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्रि पर्व, प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने यो पर्वमा हिन्दू धर्मावलम्बीले देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक एवम् भजनकिर्तन सहित मनाएका छ ।
शिव रात्रीकै अवसरमा रत्ननगर लौरीघोलको सिद्धेश्वर महादेव जलदेवी तथा संकटा मन्दिरमा पनि महादेवको पूजा आराधना सहित शिवरात्री पर्व मनाइएको मन्दिरका अध्यक्ष दिपक थापाले जानकारी दिए । पूजा आराधना सहितको कार्यक्रममा उपस्थित भएका नेपाली कांग्रेस रत्ननगरका सभापति प्रल्हाद सापकोटाले शिवरात्री लगायत हिन्दुहरुको अन्य पर्वको आफ्नै महत्व रहेको भन्दै हिन्दु धर्मको जगेर्ना गर्न सबै जना लाग्नु पर्ने बताए ।
२०१७ सालमा स्थापना भएको सिद्धेश्वर महादेव मन्दिरमा पुजा गर्नको लागि स्थानिय तथा टाढाका भक्तजनहरुको समेत विहानै देखी घुइचो लागेको थियो ।
