काठमाडौं। सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश गर्ने निर्णय गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसी संसदमा पेश गर्ने निर्णय गरेको हो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको जानकारी दिए। नेपालका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ। ‘एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ। त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ,’ उनले भने।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। त्यसअघि, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। उक्त बैठकले संसद् बैठकको कार्यसूची तय गर्नेछ। सत्ता गठबन्धनमा सहमति जुटेसँगै कार्यव्यवस्थाको बैठकले एमसीसी टेबल गर्नेलगायत कार्यसूची तय गर्ने नेताहरूको भनाइ छ।