विश्वकप छनोट : नेपालको विजयी सुरुवात

February 18, 2022 4:09 pm

काठमाडौं। आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोट अन्र्तगत शुक्रबार भएको खेलमा नेपाल विजयी भएको छ। नेपालले आमोनलाई ३९ रनले हराउँदै जित हात पारेको हो। ओमानलाई नेपालले १७ ओभरमा अलआउट गरेको हो।

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयो। ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। जतिन्दर सिंह र अरिम कलिमले समान ९/९, खवार अलीले ७ रनमात्र बनाउन सके। नेपालका लागि कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो। आरिफ शेखले सर्वाधिक ३८ रन बनाए। आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए। तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए। दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन्।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे। कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे। ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए। साथै फयाज बुट र जिसन मुक्सुदले १र१ विकेट लिए।