काठमाडौं। मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। अन्तिम एक घण्टामा बजार सुधारिएसँगै सेयर बजार दोहोरो अंकले बढेको हो।आइतबार सय अंकले घटेको बजार सोमबार स्थिर रहेपनि मंगलबार भने ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ।
नेपाल स्टक एक्सचेञ्जका आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ मा पुगेको छ। नेप्से १।९७ प्रतिशतले बढेको हो। यस्तै सेन्सेटिभ परिसूचक १०.८३ अंकले बढेर ५२२।१३ मा पुगेको छ।
कूल २२४ वटा कम्पनीको ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।