अबदेखि कोरोना विरुद्धको खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने

February 14, 2022 4:44 pm

काठमाडौं। अबदेखि कोरोनाविरुद्धको खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने सरकारले निर्णय गरेको छ।मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले अबदेखि आइडी कार्ड आवश्यक नपर्ने बनाएको हो।

आइडी कार्ड नभएकाले थुप्रैं नागरिक खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएको भन्दै मन्त्रालयले यस्तो निर्णय लिइएको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार शुक्रबारको मन्त्रीस्तरीय बैठकले यो निर्णय गरिएको हो। परिचय पत्र नभए पनि योग्य नागरिकले खोप लगाउन पाउने प्रवक्ता अधिकारीले बताए।