प्रधानन्यायाधीश जबरालाई बोकेर हिड्न हुँदैन : केपी ओली

February 14, 2022 4:40 pm

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोकेर हिड्न नहुने बताएका छन्। सोमबार एमाले संसदीय दलको बैठकमा ओलीले यस्तो बताएका हुन्।

सोमबारको संसदीय बैठकमा सत्तारुढ दलले प्रधानन्यायाधीश जबरामाथि लगाएको महाभियोग प्रस्तावबारे छलफल गरेको थियो। छलफलपछि बाहिरिने क्रममा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले अन्य न्यायाधीशविरुद्ध पनि महाभियोग प्रस्ताव दर्ता गर्ने भनेर गलत हल्ला चलाइएको दाबी गरेका थिए।

त्यस्तै बैठकमा ओलीले चोलेन्द्रलाई बोकेर नहिँड्ने प्रस्ट पारेका थिए। यसलाई व्यक्ति विशेषलाई गरेको आक्रमणका रूपमा मात्र नबुझेर राणाप्रति सकारात्मक भएको होइन। उहाँलाई बोकेरै हिँड्नुपर्छ भन्ने एमालेको मनसाय छैन। उहाँप्रति आलोचना गर्दै आएका छौँ। त्यसका बाजजुद पनि जुन नियतले आयो त्यो गलत छ, ‘अध्यक्ष ओलीलाई उद्धृत गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने।