काठमाडौं भोलि सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित गरिएको छ। संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर फागुन २ सोमबारका लागि डाकिएको बैठक स्थगित भएको जानकारी दिएको हो।
विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले बुधबारका लागि सारिएको महासचिव डा. भरतराज गौतमले जानकारी दिए।
अब फागुन ४ गते बुधबार दिउँसो १ बजे बैठक बस्ने सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरिने भनिएको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएका बेला प्रतिनिधिसभाको बैठक सारिएको हो।