थप १ हजार ३६९ जनामा कोरोना संक्रमण

February 10, 2022 7:51 pm

काठमाडौं। आज देशभर थप एक हजार ३६९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८८० जनाको स्वाब परीक्षण गर्दा एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बुधबार १६ हजार ३५६ जनाको स्वाब परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना देखिएको थियो।

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। बुधबार १४ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई हजार २३८ जना निको भएका छन्। बुधबार सात हजार ७७७ जना निको भएका थिए। योसँगै निको हुनेको संख्या पनि नौ लाख ३० हजार ६०७ पुगेको छ।

सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। आज देशभर २९ हजार ४ जना सक्रिय संक्रमित छन्। बुधबार यो संख्या ३० हजार २४१ थियो।