काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक बोलाएको छ। राप्रपाले आज पदाधिकारी बैठक बोलाएको हो। धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीभित्रको विवाद, आगामी स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल हुनेछ।
पूर्वअध्यक्ष कमल थापा, पूर्वकोषाध्यक्ष उद्धव पौडेललगायतले अलग हुने घोषणापछि राप्रपा फेरि फुट्ने हुने सम्भावना बढेको छ। पार्टीलाई कसरी विभाजनबाट जोगाउन सकिन्छ भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने नेता सुन्दर पाण्डेले जानकारी दिए।
समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने बैठकमा देशभर सङ्गठनका राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल बताइएको छ। पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी रहेका छन्।