बाँके। सुर्खेत र बाँकेमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। सुर्खेत भेरीगंगा नगरपालिका ११ साँदीखोला बस्ने ३५ वर्षीया नेकीसरा खत्री र बाँके जानकी गाउँपालिका– ५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको गए राति चट्याङ लागेर ज्यान गएको हो।
घरको छतमा निस्कने क्रममा अचानक चट्याङ लागेर अशक्त भएकी नेकीसरको मेहलकुना अस्पातालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
यस्तै बाँकेका बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो। चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमालसमेत जलेर नष्ट भएको प्रहरी कार्यालय बाँकेले जनाएको छ। स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो।