संघीय संसद्को बैठक आइतबारदेखि

January 28, 2022 6:13 pm

काठमाडौं। संघीय संसद्को बैठक आगामी साता बोलाइको छ। कोरोनाको तेस्रो लहर सुरु भएसँगै स्थगित भएको बैठक आइतबारबाट पुनः सञ्चालन हुने भएको हो।

प्रतिनिधि सभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारका लागि बोलाइएको छ। कोरोना संक्रमण दर उच्च बिन्दुमा पुग्ने क्रममा रहेकै बेला संसद् बैठक बस्न लागेको हो।

यद्यपि बैठक बस्ने नबस्नेबारे यकिन भइसकेको छैन। दलहरुबीच संसद सञ्चालन गर्नेबारे कुनै समझदारी भइ नसकेका कारण बैठक अन्यौलमा परेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको भन्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ। आगामी बैठकमा पनि अवरोध कायमै रहने एमालेका नेताहरूले बताएका छन्।