तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्छ, खर्च जोगिन्छ : माधव नेपाल

January 26, 2022 3:01 pm

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्नेमा जोड दिएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले मुलुकको खर्च जोगाउन तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने बताएका हुन्।

संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको बताउँदै उनले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुने बताए।

अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा सवै सीट गठबन्धन दलले जित्ने दाबी गरे। राष्ट्रियसभाको निर्वाचनको परिणामले तरंग पैदा गर्ने उनको भनाइ छ।