काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिवार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो।
यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ। सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतीले पिसिआर परीक्षण गरेका थिए। पिसिआर गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको थियो।
हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको ओलीको सचिवालयले जनाएको छ।