काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार बिहान पार्टीमा छलफल गरेका छन्।
शनिबार बिहान आसन्न राष्ट्रिय सभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न माओवादी केन्द्रले आन्तरिक छलफल गरेको हो।
शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेको रमेश मल्लले जानकारी दिएका छन्।
पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रिय सभा तथा तिनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल भएको मल्लले बताए।