काठमाडौंमा बुस्टर डोज खोप कार्यक्रम स्थगित

January 21, 2022 3:33 pm

काठमाडौं। काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ। भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयले जनाएको छ।

तर, कोभिडशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको कार्यलयले जनाएको छ।

भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने स्वास्थ्य कार्यलयले जनाएको छ। हाल काठमाडौं जिल्लामा २२ वटा खोपकेन्द्रले खोप दिइरहेको छ।