सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प

January 21, 2022 10:18 am

चितवन । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजेको खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडकमा भित्ताको डाँडो नै खसेको छ ।

अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ । सडकमा ठूला ठूला ढुङ्गासमेत खसेकाले हटाउन कम्तीमा पनि तीन-चार घण्टा लाग्ने अधिकारीले बताउनुभयो ।रातिदेखि नै सडक ठप्प भएकाले दुवैतर्फ गाडीको लामो लाइन छ । यात्रुले गाडी भित्रै रात बिताएका छन् । यस्तै, प्रहरीले सडक खुलाउन समय लाग्ने भएकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा तत्काल नगर्न आग्रह गरेको छ ।