चितवनकाे लंकुमा स्कुटर दुर्घटना चालककाे मृत्यु

January 21, 2022 9:26 am

चितवन । चितवनमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भिर घाइते भएका छन् । भरतपुर महानगरपालिका ४ धर्मचोकमा गएराती १० बजे जेम्स फनपार्कबाट चौविसकोठी तर्फ आउँदै गरेको प्रदेश ३–००४ प ७३२२ नम्वरको स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका दुवैजनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको थियो ।

घाइते मध्य स्कुटर चालक भरतपुर–१६ का ३५ बर्षिय दिल खत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्कुटर पछाडि सवार सोही ठाँउका २४ बर्षिय दिवस चापागाँईको पुरानो मेडिकल कलेजमा नै उपचार भइरहेको छ । तीब्र गतिको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।