राष्ट्रिय आधारभूत विद्यालय कल्याणचौरको भवन उद्‌घाटन

January 20, 2022 7:09 pm

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलले कालिका ११ सिद्दी स्थित श्री राष्ट्रीय आधारभुत विद्यालय कल्याणचौर रन्तेसको नबनिर्मित २ कोठे भवनको उद्घाटन गर्नु भएको छ । सामुदायिक श्रोतकेन्द्र रत्ननगरले ३२ लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको सुबिधा सम्पन्न २ कोठे भवन बिहिबार पौडेलले उद्‌घाटन गर्नुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथी डाक्टर पौडेलले शक्तिखोर देखि सिद्दी तीनदोभान दौतेस खिर्की ठकुरी भञ्ज्याङ् हुँदै हात्तिढाप जोडिने सडकलाई स्तर उन्नती गरि कालोपत्रे गरेर वास्तविक चेपाङ मार्गको रुपमा विकास गरि पर्यटन प्रवर्द्धन गर्ने र त्यसका लागि आफुले प्रयाप्त बजेट बिनियोजन गर्ने बताउनु भयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष कृष्ण बहादुर प्रजा,सामाजिक ब्याक्तित्व देबेन्द्र श्रेष्ठ,नेपाल मौरिपालक महासंघका अध्यक्ष शिव पौडेल लगाएतले मन्तब्य राखेका थिए ।

चेपाङ केन्द्रका अध्यक्ष सम्मानित

विद्यालय भवन उद्घाटनको कार्यक्रममा समग्र चेपाङ जातिको उत्थान र उन्नतीका निम्ति उल्लेखनीय योगदान पुर्याएको भन्दै गामबेशिको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मालाई सम्मान गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र विद्यालयका प्रधानाध्यापक दिनेश चेपाङ्ले शर्मालाई संयुक्त रुपमा सम्मान गर्नु भएको हो । सम्मानित भएपछि अध्यक्ष शर्माले आफुलाई अझै जिम्मेवारी थपिएको बताउनु भयो ।