भरतपुर अस्पतालमा कार्यरत ७० जनामा कोरोना संक्रमण

January 20, 2022 4:37 pm

६ पौष, भरतपुर । स्वास्थ्य समस्या भएकाहरुको उपचारमा खटिनेहरु कोभिडको उच्च जोखिममा रहने गर्दछन । भरतपुर अस्पताका सुचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार भरतपुर अस्पतालका ७० जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित मध्ये स्वास्थ्य कर्मचारी, सुरक्षाकर्मी र सरसफाइकर्मी रहेका छन् । अस्पतालमा सबै खालका कर्मचारी गरी करिब ७०० जना रहेका छन् ।

यसरीनै संक्रमण बढ्दै गए अस्पतालले सेवा दिन नसक्ने प्रवक्ता गोविन्द कँडेलको भनाइ छ । कर्मचारीमा संक्रमण बढ्दै गएपछि आज भएको बैठकले अस्पतालले दिँदै आएको सेवाहरु केही समयसम्म बन्द गर्नुपर्ने सम्भावना देखिएको निस्कर्ष निकालेको छ ।

विषेश गरी ल्याब, हेमो डाइलासिस र प्रसुतिमा खटिएका चिकित्सक र नर्सहरु संक्रमित भएका छन् । त्यसकारण २४ घण्टा सेवा दिन भोलिका दिनमा समस्या हुनसक्ने कँडेलको भनाइ छ । सरकारले आदेश नदिदासम्म अस्पतालका सेवा बन्द नहुने प्रवक्ता कँडेलले बताएका छन् ।