काँग्रेसका तीन पदाधिकारीसहित ७ नेतालाई कोरोना

January 19, 2022 2:08 pm

काठमाडौं। नेपाली काँग्रेसका ७ जना नेतालाहरुलाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ। बुधबार आएको पिसिआर रिपोर्टमा महामन्त्री विश्वप्रकाश शर्माको सपरिवारमा कोरोना संक्रमण देखिएको छ।

यस्तै,काँग्रेस सहमहामन्त्रीद्वय किशोरसिंह राठौर र महालक्ष्मी उपाध्याय (डीन) कोरोना संक्रमित छन्। पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महत, नेता प्रदीप पौडेल, नेतृ डा.डिला संग्रौला र उमा रेग्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।