एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

January 15, 2022 2:44 pm

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ। शनिबार परीक्षण गर्दा आफूलाई कोभिड-१९ संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिए।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले फेसबुकमार्फत् जानकारी दिएका छन्। उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका छन्।