काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ। पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू कोभिडको तेस्रो लहरबाट अछुतो रहन नसकेको जनाएका छन्।
‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो,उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।’