भद्रकाली दुग्ध सहकारीको साधारण सभा : १९ कृषक पुरस्कृत

January 12, 2022 4:42 pm

रत्ननगर,पौष २८
रत्ननगर १६ मा रहेको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले १९ जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाले बुधबार गरेको साधारण सभामा १ बर्षको अवधिमा सबैभन्दा धेरै ४२ हजार ५९ लिटर दुध उत्पादन गर्ने युवराज थापा सहित १९ जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

सम्मानित हुने कृषकहरुमा होम बहादुर भण्डारी,चक्र गुरुङ,देजिब थापा,बुद्धि बहादुर थापा,सोविता अधिकारी,शिव प्रसाद पुडासैनी,सालीग्राम नेपाल,भुषण बहादुर नेपाल,रामशरण न्यौपाने,टेक प्रसाद न्यौपाने,प्रकाश खनाल,गणेश कार्की,शान्ती तामाङ,बिष्णु गुरुङ,शोभा गुरुङ,दिल बहादुर थापा,सावीत्री थापा र गणेश अधिकारी रहेका छन् । सभामा कृषकसंगै संस्थामा कार्यरत उत्कृष्ठ कर्मचारीलाई समेत सम्मान गरिएको संस्थाका ब्यवस्थापक राजु बुढाथोकीले जानकारी दिए ।

रत्ननगर नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा लेखा समिति संयोजक शिव प्रसाद पुडासैनिले संस्थाको निती कार्यक्रम तथा लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष युवराज थापाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले,भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रशासकीय प्रमुख प्रेम ढकाल,वडा सदस्यहरु विष्णु प्रसाद रिमाल,रिता बिक,नेत्र रायमाझी,एकिकृत कृषक बचतका अध्यक्ष बिष्णु प्रसाद अर्याल,कंकाली दुग्ध सहकारीका अध्यक्ष इन्द्रजित खड्का, पिठुवा दुग्ध सहकारीका अध्यक्ष बैकुण्ठ अधिकारी, युनाइटेड इन्सुरेन्स नारायणगढ शाखाका प्रमुख प्रयास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।