काठमाडाैं। नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा आइतबार थप ३९ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ। भारतबाट घर फर्किएका ६ सय ७५ जनाको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको हो।
१३ जना पुरुष र २६ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। संक्रमण देखिएका सबैलाई बाल मन्दिर आइसोलेसनमा राखिएको छ।
हालसम्म कोरोना भाइरस महामारी सुरूवात भएदेखि जमुनाह नाकामा पाँच सय ५५ जनामा कोरोना देखिएको छ। भारतबाट नेपाल फर्किनेहरुको स्वास्थ्य परीक्षण गर्न जमुनाहमा हेल्थ डेस्क स्थापना गरिएको छ।
भारतबाट नेपालीहरु फर्किने क्रम बढेसँगै काेराेना संक्रमण पनि बढिरहेकाे छ। भारतमा पनि दैनिक कोरोना संक्रमित बढिरहेका छन्। कोरोनाको त्रासले भारतका विभिन्न क्षेत्रका काम तथा अन्य परियोजनाका लागि गएका नेपालीहरु फर्किने क्रम बढ्दो छ।