काठमाडौं। नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जनाएको हो।
पुस महिनामा संकलित कोरोना भाइरसका ११ सय ४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २५० वटामा एसजीन नेगेटिभ आएको थियो। जसमध्ये २४ जनामा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ।
