एमाले अध्यक्ष ओलीको आग्रह : सहमतिबाटै जिल्ला नेतृत्व चुनाैं

January 7, 2022 1:35 pm

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार ६३ जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले यस्ताे बताएका हुन्।

उनले भने, ‘सकेसम्म समझदारीबाट नेतृत्व चुन्न आग्रह गर्छु । नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस् ।’ एमाले महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को संखुवासभामा २६ गते अधिवेशन हुनेछ भने प्रदेश २ को सप्तरी बाहेकका जिल्लामा अधिवेशन हुने छैन ।

गण्डकीको मनाङ र मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम र रोल्पा, कर्णालीका ३ जिल्ला र सुदूरपश्चिमको बझाङमा अधिवेशन हुने छैन । अन्यत्र सबै जिल्लामा एकसाथ अधिवेशन भइरहेको छ ।

जिल्ला कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ भने ५ पदाधिकारीमध्ये एक महिला हुनुपर्नेछ ।