चितवन,पौष २२
इच्छाकामना गाउँपालिका २ वर्ल्याङमा रहेको राष्ट्रिय आधारभुत विद्यालयका ७१ जना बिधार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जाडोका समयमा न्यानो कपडाको अभावको समस्या झेलीरहेका विद्यार्थीहरुलाई छोरिका लागि छोरी संस्था स्वास्थ्य बिभागकी सल्लाहकार गोमा कँडेलको पहलमा चितवनको क्यान्सर अस्पतालका नर्सहरुले बुधबार न्यानो कपडा बितरण गरेका हुन्। विद्यालयमा अध्ययनरत ७१ जना बिधार्थी र ३०० जना स्थानीयलाई पुग्ने न्यानो कपडा पनि बितरण गरिएको संस्थाकी स्वास्थ्य बिभागकी सल्लाहकार गोमा कँडेलले जानकारी दिइन् ।
चिसोको समयमा समेत पातलो कपडामा बिद्यालय आउने गरेका बिधार्थीहरु न्यानो कपडा पाएसँगै खुसी भएका छन् । विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएकोको नर्सहरुलाई धन्यवाद दिंदै जाडोको समयमा समस्या झेलीरहेका विद्यार्थीलाई राहत पुगेको विद्यालयका प्रधानाध्यापक कमला भण्डारीले बताइन्।
बिधार्थीहरुलाइ न्यानो कपडा उपलब्ध गराएकोमा राष्ट्रिय मावि हात्तिबाङका प्रधानाध्यापक लोक बहादुर मगरले प्रशंसा गर्दै राहतको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।
अहिलेसम्म देशका बिभिन्न ठाउमा न्यानो लुगा बितरण गरिसकेको र अझै पनि न्यानो लुगा बितरणमा खटिरहने संस्थाकी अध्यक्ष मुना पाण्डेले बताइन्।
बिरामिको उपचार गर्ने पेशा भएकोले अहिलेसम्म सामाजिक कार्यमा स्वयंम आफै संलग्न हुन नपाएको तर अहिले संस्थामा आबद्द भएपछि गरिब दुखी भोका नाङ्गालाई प्रत्यक्ष भेटेर सहयोग गर्ने मौका पाएकोमा बिपि मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनको सिनियर नर्सिङ अधिकृत सबिता पन्थि,साबित्रा पन्त र सहयोगी पशुपतिया थरुनीले खुशी ब्यक्त गरे ।