कांग्रेसले चितवन सहित १६ जिल्लाको अधिवेशन फेरि सार्‍यो

January 5, 2022 11:28 am

नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेको चितवन सहित १६ जिल्लाको अधिवेशन फेरि सारेको छ।

यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ ।