दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना

January 4, 2022 9:55 am

काठमाडौं। भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाललाई कोरोना संक्रमण पुष्टि भएको छ। केजरीवालले ट्वीटमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। कोरोना पुष्टिपछि आफू क्वारेन्टाइनमा बसेको र आफ्नो नजिक सम्पर्कमा आएकालाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।

केजरीवाल पछिल्लो समय पन्जाव र उत्तराखण्डमा पार्टीको चुनावी प्रचारमा थिए। सोमवार उनी देहरादुनर्को यालीमा रहेको र उक्र्त यालीमा केजरीवाल मास्कबिनै सहभागी भएको भारतीय सञ्चार माध्यमले दाबी गरेको छ।

नयाँ दिल्लीमा कोरोना संक्रमण दर ६.४६ प्रतिशत पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ४ हजार ९९ नयाँ संक्रमित फेला परेका छन्। यो स्वास्थ्य विभागको तथ्याङ्क अनुसार दिल्लीमा पछिल्लो २४ घन्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा पछिल्लो २४ घन्टामा ३५ हजार ८८६ जनामा कोरोना संक्रमण देखिएको छ।