माओवादी केन्द्रकाे महाधिवेशन सकियाे, पदाधिकारी चयन साेमबार

January 2, 2022 11:39 pm

काठमाडाैं। नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी भाेलि सोमबार चयन गर्ने भएको छ ।

आइतबार पार्टीकाे आठौं राष्ट्रिय महाधिवेशनकाे समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए । उनले सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने पनि जानकारी दिए ।

आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली ठोकेर अनुमोदन गरेको थियो ।