प्रतिनिधि सभा बैठक बस्दै आज

January 2, 2022 9:28 am

काठमाडौं। प्रतिनिधि सभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची तय गर्न बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहन्छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद बैठक अबरुद्ध गर्दै आएको छ।

प्रतिपक्ष दलका सांसदहरुको अवरोधकावीच सभामुखले संसदका कामकारवाही अगाडि बढाउँदै आएका छन्।कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद बैठक सुचारु गर्ने विषयमा पनि छलफल हुने सत्तारुढ दलका सांसदले जानकारी दिएका छन्।

संसद सुचारु गर्ने विषयमा सरकार र सभामुखले प्रयास गरेपनि सफल हुन सकेको छैन। पार्टीले कारवाही गरेको माधव नेपाललगायतका १४ जना सांसदको पद खारेज गरेको सूचना नटाँसेको भन्दै एमालेका सांसदहरुले निरन्तर संसद अबरोध गर्दै आएका छन्।